Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


साइत देखाएर शपथ खाने बालेनको तरिका मन परेन : अर्थमन्त्री खनाल


9.1k
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री तथा मन्त्रीहरुले साइत हेरेर शपथ लिने परम्पराप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

भावी प्रधानमन्त्री बालेन शाहले शुक्रबार दिउँसो १२ः३४ बजे शपथ लिने साइत तय भएको समाचार सार्वजनिक भएपछि खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

खनालले यस्तो परम्परा आफूलाई मन नपरेको स्पष्ट पार्दै अहिलेको समयमा इमान्दारी र सुशासनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले आफूहरू सरकारमा आउँदा साइत हेर्ने अभ्यास नभएको उल्लेख गर्दै देशले स्वच्छ निर्वाचन सम्पन्न गरेकोमा जोड दिएका छन् ।

उनले साइत हेरेर शपथ ग्रहण गर्ने अभ्यासलाई स्वीकार गर्न नसकेको धारणा व्यक्त गरेका छन् ।