Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


मकवानपुरबाट गाँजासहित एक युवक पक्राउ


208
Shares

काठमाडौं । मनहरी गाउँपालिका–९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट अवैध लागूऔषध गाँजा करीब १७१ किलो २१ ग्राम गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

राक्सिराङ गाउँपालिका–४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा१३च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको गाँजा फेला पारी चालक अक्कल प्रसादलाई पक्राउ गरेको हो।

गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।