Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


रविको मुद्दा संशोधनको सुनुवाई आज पनि सकिएन


403
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधन प्रकरणमा अर्को सुनुवाइ चैत १२ गतेका लागि तय भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज भएको बहस नसकिएपछि मुद्धालाई हेर्दा हेर्दैमा राखेर अर्को सुनुवाइ चैत १२ का लागि तय गरिएको हो ।

रिट निवेदकको तर्फबाट बहस सकिएको छ भने अब हुने बहसमा सरकारी वकिल र रवि पक्षका वकिलहरुले बहस गर्नेछन् । महान्यायाधिवक्ता सबिता भण्डारी बरालले लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि निर्णय विवादमा परेको थियो भने महान्यायाधीवक्ताले त्रुटी सच्याउँदै अन्य आरोपीहरुको मुद्धा पनि संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

भण्डारीले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको थियो ।