Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्रका विद्यार्थी सडकमा


91
Shares

काठमाडौं । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

गत भदौ २३ र २४ गतेकाे घटना छानबिनका निम्ति गठित गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन सार्वजनिकका निम्ति प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि दबाब दिन मंगलबार (चैत १०) विद्यार्थीले कलेजअगाडि केही बेर प्रदर्शन गरेका हुन् ।

अन्तरिम सरकारले नै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ । विद्यार्थीले सेतो कपडा (तुल)मा हस्ताक्षरसहित प्रदर्शन गरेका थिए ।