काठमाडाैं । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचोकको कच्ची सडकमा जीप दुर्घटना भएकाे छ।
साेही द्र्घटनामा परी २ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे हाे । दुर्घटनामा चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र काँडीस्याउलेकै १९ वर्षीय कैलाश बिकको ज्यान गएको प्रहरी बताएकाे छ। खतेडाबाट काँडीस्याउलेका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३९२३ नम्बरको जीप साेमबार राति दुर्घटना भएको थियाे ।
दुर्घटनापछि दुवै जना साइलीखोलामा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया दिनुहोस्