Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


साफ यू-२० च्याम्पियनसिपमा नेपाल विजयी, भुटान २-१ गाेल अन्तरले पराजित


234
Shares

काठमाडाैं । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।

माल्दिभ्सको मालेमा साेमबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ गाेल अन्तरले पराजित गरेकाे हाे । भुटानसँगको खेलमा नेपालका लागि सुजन डंगोल र सुवास बमले गोल गरेका थिए । भुटानका लागि ढेन्डुप गेल्टशेनले एक गोल फर्काएका हुुन् । खेलको १४औं मिनेटमा थिन्ले एजर दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडीमा सीमित भयो । जितसँगै नेपालले प्रतियोगितामा ३ अंक जोडेको छ ।

नेपाल समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंकासँग रहेको छ । अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश रहेका हुन् । राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले अब आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्ने भएकाे हाे।