एजेन्सी । अष्ट्रेलियामा आधिकारिक तथ्यांक अनुसार अर्थशास्त्रीहरूको स्थिर रहने अपेक्षा विपरित फेब्रुअरी महिनामा बढेर बेरोजगारी दर ४ दशमलव ३ प्रतिशत पुगेको छ ।
अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको विवरण अनुसार गत जनवरीमा ४ दशमलव १ प्रतिशत रहेको आधिकारिक बेरोजगारी दर फेब्रुअरीमा बढेर ४ दशमलव ३ प्रतिशत पुगेको हो । जनवरी र फेब्रुअरीकोबीचमा रोजगार प्राप्त अष्ट्रेलियालीहरूको संख्या ४८ हजार ९ सयले बढेको छ । यद्यपि, सोही अवधिमा बेरोजगार अष्ट्रेलियालीहरूको संख्यामा ३५ हजार (अर्थात ५ दशमलव ६ प्रतिशत) ले वृद्धि भएका कारण रोजगारीको त्यो वृद्धिलाई जसले सन्तुलित गरिदिएको छ ।
अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन र अष्ट्रेलियन एसोसिएटेड प्रेसले जानकारी दिए अनुसार अर्थशास्त्रीहरूले फेब्रुअरीमा बेरोजगारी दर ४ दशमलव १ प्रतिशत मै स्थिर रहने अपेक्षा गरेका थिए । रोजगारीमा देखिएको यो वृद्धि मुख्यतया आंशिक समय (पार्ट–टाइम) को रोजगारीका कारण भएको हो । जसमा ७९ हजार ४ सयले वृद्धि भयो। अर्कोतर्फ, पूर्णकालीन (फुल–टाइम) रोजगारीमा रहेका मानिसहरूको संख्या भने ३० हजार ५ सयले घटेको छ । जसको फलस्वरूप, अष्ट्रेलियालीहरूले काम गरेको कुल घण्टा जनवरीको तुलनामा फेब्रुअरीमा ० दशमलव २ प्रतिशतले कम रहन गएकाे हाे ।
सहभागिता दर, जसले रोजगारमा रहेका वा सक्रिय रूपमा काम खोजिरहेका कार्यकारी उमेरको जनसंख्याको अनुपातलाई मापन गर्दछ । ६६ दशमलव ७ प्रतिशतबाट बढेर ६६ दशमलव ९ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्