Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजा अर्चना


195
Shares

जनकपुरधाम । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ ।

अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक जानुएकी प्रधानमन्त्री कार्की जानकी मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको हो । जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिर पुग्नुभएकी प्रधानमन्त्री कार्कीले पूजा अर्चना पश्चात मन्दिरका महन्थ तथा पूजारीहरुसँग समेत भेटघाट गर्नुभयो । पूजा पश्चात उहाँले जनकपुरधाम भ्रमण उपलब्धिमूलक रहेको जानकारी दिनुभएकाे छ ।

उहाँले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आइपुगेको बताउनुभयो ।
जनकपुरधामबाट उहाँ महोत्तरी जाने कार्यक्रम रहेको छ । उहाँले महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको निरिक्षण गर्नुहुने भएकाे हाे ।