Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो


351
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । बिहीबार शीतलनिवासमा आयोगका पदाधिकारीसहितको टोलीले प्रतिवेदन बुझाएको हो ।

आयोगले आजै मात्र समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको थियो । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइनजिक पुगेको छ । रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट जितेको छ । दोस्रो बनेको नेपाली कांग्रेसले ३८ सिट जितेको छ ।

चौथो बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १७ सदस्यीय भएको छ । श्रम संस्कृति पार्टी सात सदस्यीय सांसदसहित उदाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ५ सांसद छन् ।

आयोगले निर्वाचन परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । अब सरकार गठनको प्रक्रिया सुरु हुने जनाइएको छ ।