काठमाडाैं । घरेलु टोली न्युजिल्यान्डले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई ६८ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ ।
न्युजिल्यान्डमा मंगलबार राति भएकाे खेलमा न्युजिल्यान्डले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ७ रनमात्र बनाउन सकेकाे हाे । दक्षिण अफ्रिकाका जर्ज लिन्डेले ३३ रन बनाएका थिए। न्युजिल्यान्डका लकी फर्गुसन र बेन सियर्सले ३/३ विकेट लिएका हुन् । यसअघि ह्यामिल्टनमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । न्युजिल्यान्डका डेभन कन्वेले ६० रन बनाएका थिए । दक्षिण अफ्रिकाका वियान मुल्डेरले २ विकेट लिएका हुन्।
यो जीतसँगै न्युजिल्यान्डले पाँच खेलको टी–२० शृङ्खलामा १–१ ले बराबरी गरेको खेल पहिलो खेल दक्षिण अफ्रिकाले ७ विकेटले जितेको थियो ।








प्रतिक्रिया दिनुहोस्