Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


रविमाथिको अभियोगसम्बन्धी मुद्दाको रिट हेर्दाहेदैमा


676
Shares

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यलयको निर्णयविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा चलिरहेको बहस नसकिएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आगामी बिहीवार आफ्नो जवाफी बहस सकिएपछि आदेश आउनसक्ने दाबी गर्नुभयो ।

गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले रास्वपा सभापति लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन मध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई स्वीकृति दिनुभएको थियो ।