काठमाडाैं । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले ६ वर्ष कैद र २२ करोड रुपैयाँ भन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका–२४ वटु घर भई नागर्जुन नगरपालिका–५ सीतापाइला बस्ने ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेकाे प्रहरीले बताएकाे हाे । नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष रहेका श्रेष्ठमाथि सर्वाेच्च अदालतले २०८१ सालकाे भदाै ५ गते बैंकिङ कसूर मुद्दामा सजाय र जरिवाना ताेकेकाे थियाे ।
श्रेष्ठलाई सीतापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडाैं जिल्ला अदालतमा पठाइएकाे सीआईबीले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्