Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबकाे आर्मी क्लबमाथि जित


130
Shares

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा बिहीबार राति भएको खेलमा एपीएफले आर्मीलाई १–० गोलले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । यो जितपछि एपीएफको १० खेलमा २४ अंक भएको छ । २२ अंक रहेको मछिन्द्र दोस्रोमा झरेको हाे । १० खेलमा २० अंक भएको आर्मी तेस्रोमा यथावत छ । एपीएफको जितमा सबिन गुरुङले गोल गरेका थिए। उनले खेलको ७६औँ मिनेटमा गोल गरेका छन्।

राष्ट्रिय लिगमा बिहीबारै भएका खेलमा चर्च ब्वाइजले काँक्रेबिहार क्लबलाई २–१ गोलले पराजित गरेकाे थियाे । साथै संकटा क्लबले श्री भगवती क्लबलाई १–० गोलले पराजित गरेकाे हाे।