Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत


455
Shares

काठमाडाैं ।

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गर्नुभएको छ ।

बुधवार सिंहदरवारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरुबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो माग गर्नुभएको हो ।

विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गर्नुभयो । उहाँले पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताउनु भयो । सांसद थापाले काँग्रेसले जनताले दिएको म्यान्डेटलाई स्विकार गर्दै अघि बढ्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जनताले जुन म्यान्डेट दिएको छ । त्यो स्विकार्य छ । त्यही मान्डेटअनुसार हामीले राम्रो काम गर्दै जानुपर्छ । मेरो स्पष्ट भनाई के हो भने विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ । नियमित महाधिवेशनवाला हामीले के भनेका थियौँ भने महाधिवेशन गरौँ । तर निर्वाचन आइसकेको छ ।

पार्टीमा सहमती, सहकार्य राष्ट्रिय एकता हुनुपर्ने हो नि त । पार्टीको नीति भनेकै एकता, सहमती र सहकार्य हो नि त । सबै नेताहरुले त्यो गर्दै चुनावमा एकजुट भएर जाऔ अधिवेशन चाहीँ चुनाव पछि नै गरौ भनेका थियौँ । तर त्यो कुरा मानिएन । विशेष अधिवेशन नामको एउटा भेला गरियो । र पार्टीलाई क्याप्चर गरियो । यो विशेष महाधिवेशनबाट सेटिङ अनुसार पार्टी क्याप्चर भएको हो । यो कुरा मैले हिजो पनि भनेको हो, अहिले पनि भन्छु, भोली पनि भन्छु–निर्वाचन आयोगमा सेटिङ अनुसार क्याप्चर भएको हो पार्टी । यही विशेष अधिवेशनको कारणले आज हामी हारेका छौँ । फेरि उठनु छ । मैले भनिसके–हामीमा एकता हुनुप¥यो । त्यो एकता भएन । विशेष महाधिवेशनको कारणले हारियो । गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो ।’
सांसद बस्नेतले गगन थापा लगायतका नेताहरुले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर काँग्रेस कब्जा गरेको आरोप समेत लगाउनुभयो ।