Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


विराजभक्त श्रेष्ठद्वारा चुनावी खर्च सार्वजनिक

१४ लाख ९८ हजार चुनावी खर्च

767
Shares

काठमाडौं । काठमाडौँ क्षेत्र नं. ८ बाट रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा बुझाइएको विवरणअनुसार उनले निर्वाचन अभियानका क्रममा विभिन्न शीर्षकमा खर्च भएको रकम उल्लेख गरेका छन्।

पेश गरिएको खर्च विवरणमा कार्यालय सञ्चालन, प्रचारप्रसार सामग्री छपाइ, सवारी साधन प्रयोग, कार्यकर्ताका लागि खाना तथा खाजालगायतका गतिविधिमा खर्च गरिएको जनाइएको छ। विवरण अनुसार निर्वाचन अभियानका लागि कुल १४ लाख ९८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्चको विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ। जिल्ला निर्वाचन कार्यालय काठमाडौँले प्राप्त विवरण अभिलेखमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ।