Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


बाबुराम भट्टराई भोलि भारत जाँदै


1.9k
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने भएका छन्।

उनी नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भारत प्रस्थान गर्न लागेका हुन्। भट्टराई समिटमा ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

भारतकाे नयाँदिल्लीमा मार्च १२, १३ र १४ मा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने आयोजकले बताएका छन्। सम्मेल नमानरेन्द्र मोदीसमेत सहभागी हुने कार्यक्रम रहेको छ।

भट्टराईले मार्च १४ मा ‘डेमोक्रेसी इन द एज अफ एआईः डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकको सत्रमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। समिटमा सहभागिता जनाएपछि उनी सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।