Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


भुटानका प्रधानमन्त्री तोब्गेद्वारा बालेन र रविलाई बधाई


286
Shares

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले नेपालको हालै सम्पन्न आम निर्वाचनमा भारी जनमत प्राप्त गरेको भन्दै रवि लामिछाने र बालेन शाहलाई बधाई दिएका छन्।

भुटान का प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सफल निर्वाचनका लागि नेपालका जनतालाई समेत बधाई दिएका हुन्।

उनले सन्देशमा नेपालको चुनाव सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै बालेन शाह र रवि लामिछानेलाई विजयको शुभकामना व्यक्त गरेका छन्। साथै आगामी दिनमा नेपाल–भुटानबीचको न्यानो मित्रतालाई अझ मजबुत बनाउने अपेक्षा समेत व्यक्त गरेका छन्।