Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


कांग्रेसको हारपछि राजीनामा दिने गगनको तयारी


5.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने बताएका छन्।

सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँगको छलफलमा थापाले यस्तो जानकारी गराएका हुन्।

शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। पार्टीको पराजयको समग्र समीक्षा गरेर अघि बढ्नुपर्ने बेला राजीनामाले पार्टीलाई थप अफ्ठ्यारोमा पार्न सक्ने उनको भनाइ छ।

विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेको पाँच दिनमै उम्मेदवारी दर्ता र ५० दिनमै निर्वाचन भएकाले सबै दोष वर्तमान नेतृत्वको मात्र नभएको शर्माले बताएका छन् ।