काठमाडाैं ।
काठमाडौंको कपनमा करेन्ट मार्ट सञ्चालनमा आएको छ ।
यशोदा फुड्सअन्तर्गत सञ्चालित यस मार्टले ग्राहकहरूलाई विविध उत्पादनहरू, छिटो सेवा र जीवन्त वातावरण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यो मार्टमा यशोदा फुड्स प्रालिका सबै उत्पादनहरु उपलब्ध हुनेछन् ।
ग्राहकले एकै ठाउँबाट यशोदा फुड्सका विभिन्न स्वादिला उत्पादनहरु लिन सकून् भन्ने उद्देश्यका साथ यो मार्ट सञ्चालनमा ल्याइएको हो ।
करेन्ट मार्टले काठमाडौंको कपन क्षेत्रका बासिन्दाहरूलाई गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । गुणस्तरीय उत्पादनहरु अब एकै छानामुनि पाउन सकिने भएपछि उपभोक्ताहरु खुसी भएका छन् ।







प्रतिक्रिया दिनुहोस्