Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


चार सदस्यीय नेपाली पारा एथ्लेटिक्स टोली भारतमा


117
Shares

काठमाडाैं । विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

मंगलबारदेखि शुक्रबारसम्म हुने प्रतियोगितामा नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका भएका हुन्। सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र चार सय मिटर दौडमा नवराज कार्कीले प्रतिस्पर्धा गर्ने छन् ।

टोली प्रमुखमा राष्ट्रिय पारा एथ्लेटिक्स संघ नेपालका सचिव साङ्बु भोटे रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय पारा एथ्लेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयाे ।