काठमाडाैं ।
जेनजी आन्दोलनपछि भएको निर्वाचनको मत परिणामले धेरै राजनीतिक दल र नेताहरुको उठिबास नै लगाइदिएको छ । यो निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मुलुककै सबैभन्दा ठूलो दलका रुपमा स्थापित गरिदिएको छ ।
कांग्रेस, एमाले, माओवादी जस्ता ठूला भनिने दलहरुलाई ईतिहासमै कमजोर बनाईदिएको मात्रै छैन मधेशको नाममा राजनीति गर्दै आएका मधेश केन्द्रीत दलहरुको पसल पनि बन्द गराईदिएको छ । एक रिपोर्ट ।
मधेश केन्द्रित दलहरु पटकपटक निर्वाचन जित्दै सत्ता भागबण्डाको खेलमा रमाइरहेका थिए । मधेशका जनताका समस्या समाधान भन्दा पनि उनीहरु सत्ताको हिसाबकिताबमा व्यस्त देखिदा त्यहाँका जनताको अवस्था सधैं उस्तै रहँदै आइरहेको छ । यस पटकको निर्वाचनमा मधेश केन्द्रित दलहरु नराम्रोसँग बढारिएका छन् । विगतदेखिको उनीहरुको प्रभाव यस पटक भने गल्र्यामगुर्लुम ढलेको छ ।
निर्वाचन जित्ने बहानामा निर्वाचित प्रतिनिधिहरुले जनतालाई बेवास्ता गर्दै आएपछि यसपटक जनताले नै उनीहरुलाई धुलिसात बनाईदिएका छन् । यो निर्वाचनमा मधेशबाट उदाएका र मधेश झरेर राजनीतिक भविष्य खोजिरहेका शीर्ष नेताहरु नै पराजित भएका छन् ।
मधेशको राजनीतिका ठेक्का लिंदै आएका उपेन्द्र यादव, डा. सिके राउतदेखि प्रभु शाहसम्मको संसदीय यात्रा धरापमा परेको छ । उनीहरुलाई जनताले नै पाखा लगाइदिएका छन् । उनीहरु मात्रै होइन, जितको खोजीमा मधेश झरेका कांग्रेस सभापति गगन थापाको संसदीय यात्रामा ब्रेक नै लागेको छ ।







प्रतिक्रिया दिनुहोस्