Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


कैलाली कन्चनपुरका ८ क्षेत्रमा रास्वपाको क्लिन स्विप


429
Shares

विराज रोस्यारा, कैलाली ।
प्रतिनिधिसभा सदस्यअन्तर्गत कैलालीका पाँचवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू निर्वाचित हुनुभएको छ ।

प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट (रास्वपा)का कोमल ज्ञवाली विजयी हुनुभएको छ । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी हुनुभएको हो । ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गर्नुभएको छ ।

टीकापुर नगरपालिकाको नगर प्रमुखको पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्नुभएका रामलाल डगौराले ८ हजार ३९२ मत पाउनुभएको छ । नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत पाउनुभएको छ ।

कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी हुनु भएको छ । उहाँ १९ हजार ५७ मत सहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नेपालका पति राम चौधरीले ११ हजार ९४९ मत ल्याउनु भयो । यस्तै नेकपा एमालेका सूर्य बहादुर थापाले ७ हजार ८८६, नेपाली कांग्रेसका विजय बहादुर स्वाँरले ७ हजार २१३ र नेपाल कम्युनिस्ट पार्टीका नन्द बहादुर साउदले ४ हजार ३६९ मत ल्याउनु भयो ।

कैलाली क्षेत्र नम्बर ३ बाट रास्वपाका उम्मेदवार जगतप्रसाद जोशी विजयी हुनुभएको छ । जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी हुनुभएको हो । जोशीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार बिरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका भिम बडुवालले नौहजार ७१० मत पाउनुभएको छ । त्यसैगरी नेकपा (एमाले) का गौरीशंकर चौधरीले चार हजार ७५२ मत पाउनुभएको छ ।

कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाका खेम राज कोइराला विजयी हुनु भएको छ । मत परिणाम अनुसार कोइराला प्रतिस्पर्धी उम्मेदवार भन्दा १७ हजार २५५ मतान्तरले विजयी हुनु भएको हो । उहाँ २८ हजार ५५६ मत सहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरख बहादुर विष्टले ११ हजार ३०१ मत ल्याउनुभयो । तेस्रोमा नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले ९ हजार ४४४ र चौथोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हरि राम चौधरीले ५ हजार ६०९ मत ल्याउनु भयो ।

कैलाली क्षेत्र नम्बर ५ रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी हुनुभएको छ । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह ११ हजार ९५८, नेकपाका प्रेमबहादुर आले ७ हजार ८ सय ७६ मत प्राप्त गर्नुभयो । यस्तै, एमालेका यज्ञराज ढुङ्गाना ५ हजार ८ सय ३९ मत प्राप्त गर्नुभयो ।

यस्तै कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित हुनुभएको छ । कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी हुनु भयो । २४ हजार ३३२ मतसहित उहाँ विजयी हुनु भयो । नेपाली कम्युनिष्ट पार्टीका बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गर्नु भयो । त्यसैगरी एमालेका उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गर्नु भयो ।

कञ्चनपुर २ मा पनि रास्वपाका दीपकराज बोहरा भारी मतान्तरले विजयी हुनु भयो । उहाँले नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई पराजित गर्नु भएको हो। बोहराले ३३ हजार (५२ मत प्राप्त गर्दै विजय हासिल गर्दा कांग्रेस उम्मेदवार साउदले १० हजार ८२७ मत प्राप्त गर्नुभयो । त्यसैगरी एमालेका बचनबहादुर सिंह छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले छ हजार ३३७ मत प्राप्त गर्नु भयो ।

कञ्चनपुर ३ मा रास्वपा ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्दी कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले नौ हजार ४४३, नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले सात हजार ५७५ मत प्राप्त गर्नु भयो । जिल्लाका तीनवटा क्षेत्रमा निर्वाचित भएका धामी, बोहरा र महता पहिलोपटक सांसद निर्वाचनमा होमिनु भएको थियो ।