Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


झापा- १ मा रास्वपाकी उम्मेदवार निशा डाँगी निर्वाचित


286
Shares

झापा । प्रतिनिधि सभा निर्वाचनमा झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी भारी मतान्तरले विजयी भएकी छन्।

निर्वाचन आयोगका अनुसार, डाँगी ४५ हजार ६८० मत प्राप्त गरेर सांसद निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन्।

त्यस्तै, श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याउँदा नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन्।