Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


झापा- ३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठक निर्वाचित


247
Shares

झापा । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्वर ३ बाट प्रकाश पाठक निर्वाचित हुनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

उहाँका प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत प्राप्त गर्नुभयो । राप्रपा अध्यक्ष लिङ्देन भन्दा रास्वपा उम्मेद्वार पाठकले २१ हजार २ सय ९४ मतान्तरका साथ प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको हो ।

झापाका अन्य चार वटा निर्वाचन क्षेत्रमा मत गणना जारी रहेको छ । चार बटै निर्वाचन क्षेत्रमा रास्वपका उम्मेद्वार अग्रस्थानमा रहेका छन् ।