मनाङ ।
मनाङ प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्।
उनले दुई हजार ४१५ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका यशोदा सुवेदी गुरुङले ४५४ मत पाएका छन् भने मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार मतगणनाको सुरुआतदेखि नै गुरुङले अग्रता कायम गरेका थिए। नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका सेनाको हेलिकप्टरमार्फत मतगणना स्थलमा ल्याइएपछि गणना सुरु गरिएको थियो।
मनाङमा कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको थियो, जसमा ४५ मत बदर भएका छन्। जिल्लामा ५४ दशमलव ८० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिएका छन्।







प्रतिक्रिया दिनुहोस्