कैलाली । कैलालीमा ५५ प्रतिशत मतदान भएको छ । बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ५५.३७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कुल पाँच लाख ५१ हजार ५२ मतदाता मध्ये जिल्लाभर कूल ३ लाख ५ हजार १ सय २२ मत खसेको छ ।जुन कुल मतदाताको ५५.३७ प्रतिशत हो। एक लाख ६२ हजार ५१, एक लाख ४३ हजार ६७ र चार जना अन्यले मतदान गरेका छन् । क्षेत्र नं. १ मा ५४.४३ मत खसेकाे छ ।
याे क्षेत्रमा कूल एक लाख ८ ४९१ मतदाता थिए ।उनीहरू मध्ये ५९ हजार ६१ जनाले मतदान गरे । क्षेत्र नं. २ मा ५६ हजार ७७० मत खसेकाे छ । याे कूल एक लाख ७ हजार ७५७ काे ५२.६८ प्रतिशत हाे । क्षेत्र नं. ३ मा भने ५५.२५ प्रतिशत मत खसेकाे छ । कूल एक लाख ९ हजार १२२ मतदाता मध्ये ६० हजार २९४ जनाले मतदान गरेका छन् ।
क्षेत्र नं. ४ मा ५४.७४ प्रतिशत मत खसेकाे छ । कूल एक लाख १५ हजार १४३ मध्ये ६३ हजार ३४ मत खसेकाे छ । क्षेत्र नं. ५ मा भने सबैभन्दा धेरै ५९.६७ प्रतिशत मत खसेकाे छ । एक लाख १० हजार ५३९ मध्ये ६५ हजार ९६३ मत खसेकाे छ । अहिले मतपेटिका मतगणना स्थल सम्म पुगाउने काम जारी छ ।
मतपेटिका संकलन कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले बताए । उनकाअनुसार सर्वदलीय बैठककाे निर्णयअनुसार गणना गर्ने समय निर्धारण गरिनेछ ।








प्रतिक्रिया दिनुहोस्