Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


म्याग्दीमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न : ५४ प्रतिशत मत खस्यो


351
Shares

ध्रुवसागर शर्मा, म्याग्दी ।
म्याग्दीमा आज भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा कुल ८६ हजार ३९७ मतदाता मध्ये ४६ हजार आठ सय ९३ जनाले मतदान गरेका छन् । प्रारम्भिक प्राप्त तथ्याङ्क अनुसार यस पटक ५४ दशमलव २७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले बताउनुभयो ।

मत गणनास्थल सदरमुकाम बेनी बजार स्थित जिल्ला समन्वय समितिको हलमा मतपेटिकाहरु ल्याउनेक्रम सुरु भएको अधिकृत थापाले जानकारी दिनुभयो । नजिकका क्षेत्रहरुका मतपेटिका आइपुगेका र टाढाका सबै मतदान केन्द्रहरुमा सिलबन्दी गरिसकिएको उहाँले बताउनुभयो ।

म्याग्दीका मुख्य निर्वाचन अधिकृत थापाले जिल्लाका ८२ मतदानस्थलका एक सय २२ मतदान केन्द्रमा नै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताउनुभयो ।