Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


झापामा मतगणनास्थल ताेकियाे, आज राति १२ बजेबाट मतगणना गर्ने तयारी


1.1k
Shares

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि मतगणना स्थलहरू तय भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले यसबारे जानकारी दिँदै सम्बन्धित क्षेत्रका मतगणना स्थानको नाम सार्वजनिक गरेको छ।

निर्धारित स्थलअनुसार झापा क्षेत्र नं. १ मा मतगणना मेचीनगर नगरपालिका कार्यालयमा हुनेछ भने, झापा क्षेत्र नं. २ का लागि मतगणना अर्जुनधारा नगरपालिका कार्यालयमा गरिनेछ।

त्यस्तै, झापा क्षेत्र नं. ३ का लागि मतगणना जिल्ला समन्वय समिति भवनमा हुने निश्चित भएको छ। झापा क्षेत्र नं. ४ को मतगणना कन्काई नगरपालिका कार्यालयमा सम्पन्न गरिनेछ भने, झापा क्षेत्र नं. ५ को मतगणना दमक नगरपालिका वडा नं. ८ स्थित अर्गानिक कृषि केन्द्रमा हुने जानकारी प्राप्त भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, मतदान प्रक्रिया सकिएपछि ती स्थानमा कडा सुरक्षाको व्यवस्था गरि मतपेटिका संकलन गरी मतगणना सुरु गरिनेछ। मतगणना आज राति १२ बजेबाट सुरु गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।