बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ५३ दशमलब ५८ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कायाृलयका अनुसार १ लाख १५ हजार २१४ मत खसेको जनाएको छ । जसमा महिला महिला ५४ हजार ४३२ र पुरुष ५८ हजार ७८२ मत खसेको छ ।
सिन्धुलीमा कुल मतदाता २ लाख १५ हजार १९ रहेका थिए । सिन्धुलीको कुल १५१ मतदान स्थलको २७४ मतदान केन्द्रमा शान्तपुर्वक स्वच्छ वातावरणमा मतदान कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको सदरमुकामका नजिक रहेका मतदान केन्द्रहरुको मतपेटीका संकलनको कार्य पनि सुरु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका –६ खम्बेचौर मतदानस्थलको ५ वटा मतदान केन्द्रको मतपेटीका मत गणना स्थल जिल्ला समन्वय समिति सिन्धुलीको नवनिर्मित भवनमा पुर्याइएको छ । नेपाल प्रहरीले मतदान केन्दंबाट भण्डारण कक्ष सम्म पतपेटीका बोकेर लगेका हुने ।







प्रतिक्रिया दिनुहोस्