काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत रहेको दाबी गर्नुभएको छ ।
गृह मन्त्रालयले पूर्वसूचनाको आधारमा रोकथामका उपायहरू अपनाएका कारण सुरक्षा चुनौतीहरू समाधान भएको उहाँले बताउनुभएको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सुरक्षा निकायले सम्भावित चुनौतीहरूलाई रोकथामकै चरणमा पहिचान गरेर समाधान गरेको बताउनुभयो ।
केही छिटफुट रूपमा प्रकट भएका घटनाहरूलाई पनि तत्काल नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रक्रियामा लगेको बताउनु भयो । सुरक्षा व्यवस्थापनमा जनताको उल्लेख्य सहयोग रहेको बताउँदै उहाँले जनतालाई सहयोग गर्ने वातावरण तयार पार्न सरकारले विशेष पहल गरेको स्पष्ट पार्नुभयो । गृह मन्त्रालयले आफ्नो कार्यशैली र पद्धतिमा व्यापक सुधार गरेको बताउँदै मन्त्री अर्यालले अहिलेको संयन्त्र बढी समन्वयात्मक र सामूहिक नेतृत्वमा आधारित रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्व सूचनाहरू जे जति हामीले विगतको अनुभवबाट थाहा थियो र पछि पनि घटनाक्रम विकास हुँदै जाँदाखेरि जे जस्ता कुराहरू थिए, तिनीहरूको हामीले पूर्व सूचनाबाटै शुरुको चरणमा रोकथामकै चरणमा हामीले धेरै त्यसमा समय दियौँ, त्यसमा धेरै हामीले समन्वय ग¥यौँ,धेरै पहल ग¥यौँ । त्यसकारणले यी चुनौतीहरू सुरक्षा चुनौतीहरू हामीले रोकथामकै चरणमा पहिचान गरेर त्यतिखेरै समाधान गर्यौँ र केही मात्रै छिटफुट जो प्रकट भएका थिए, तिनीहरूलाई पनि हामीले नियन्त्रणमा ल्याएर कानूनी कारबाहीको प्रक्रियामा पनि लग्यौँ । त्यो कारणले गर्दाखेरि सुरक्षा अवस्था शुरुदेखि नै सुदृढ र मजबुत हुँदै गएको हो । जनताले पनि सहयोग गर्नुभयो तर जनताले सहयोग गर्ने अवस्था, त्यो खालको वातावरण तयार पार्ने काम हामीले गरेको हो । र अहिले हामीले काम गर्दाखेरि काम गर्ने हाम्रो शैली र कार्य पद्धति पनि पहिलाको भन्दा हामीले सुदृढ गरेका छौँ । हामी बढी समन्वयात्मक छौँ अहिले ।’
तल्लो तहका सफल अभ्यासहरूलाई अन्यत्र पनि लागू गर्दै कानून र मापदण्डको पूर्ण पालना गराउन मन्त्रालय सफल भएको उहाँको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्