प्रकाश पाक्साँवा, तेह्रथुम ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुम जिल्लामा दिउँसो १ः३० बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ ।
मुख्य निर्वाचन कार्यालयका अनुसार उक्त समयसम्म जिल्लाभर २५ हजार ४२५ मत खसेको छ । जसमा पुरुष १३ हजार ५१ र महिला १२ हजार ३७४ मतदाता सहभागी भएका छन्। ।
जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाताको सहभागिता उत्साहजनक रहेको छ भने मतदान कार्य शान्तिपूर्ण रूपमा जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्