Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


सर्लाहीमा विवादपछि जब्दी मतदान केन्द्रमा पुनः मतदान सुरु


117
Shares

प्रकाश मैनाली, सर्लाही ।
सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका–४ जब्दी गाउँमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा उत्पन्न विवाद समाधान भएपछि मतदान पुनः सुरु भएको छ।

उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि केही समयका लागि मतदान कार्य रोकिएको थियो। विवाद बढेपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया सहित जिल्लाका सुरक्षा प्रमुखहरुको टोली उक्त मतदान केन्द्रमा पुगेको थियाे ।

प्रमुख जिल्ला अधिकारी कडरियाले विवाद समाधान गरी मतदान कार्य पुनः सुचारु भइसकेको जानकारी दिएका छन्।

यसैबीच सर्लाहीका अन्य मतदान केन्द्रहरूमा भने शान्तिपूर्ण रूपमा मतदान कार्य जारी रहेको जनाइएको छ। बिहान मतदान सुरु हुने क्रममा क्षेत्र नं. ४ कै बसबरिया गाउँपालिकाको भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा पनि विवाद भएको थियो। तर अहिले त्यहाँ पनि अवस्था सामान्य भई शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।