काठमाडाैं । गैरकानूनी गतिविधि गरेको आरोपमा सिरहा-३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् ।
प्रतिनिधिसभा सदस्य चुनावको मौन अवधिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार यादव नगदसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाले नेपाल–भारत सीमा माडरमा गाडी जाँचका क्रममा ४ लाख ८७ हजार नगद पनि भेटिएको छ । मौन अवधिको समयमा गैरकानूनी गतिविधि भएपछि उम्मेदवार यादवसहित ५ जनालाई पक्राउ गरिएकाे प्रहरीले बताएकाे हाे ।
थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको समेत प्रहरीले बताएकाे छ।







प्रतिक्रिया दिनुहोस्