Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


आफ्नो जलक्षेत्रमा आउने पानीजहाज ध्वस्त पार्ने इरानको चेतावनी


0
Shares

काठमाडौं ।
इरानले आफ्नो जलक्षेत्र ‘स्ट्रेट अफ हर्मुज’ भएर जाने जुनसुकै पानीजहाजलाई ध्वस्त पार्ने चेतावनी दिएको छ ।

इरानको सुरक्षा फौज इस्लामिक रिभोलुस्नरी गार्ड् कर्प्स (आई.आर.जी.सी) को कमाण्डर–इन–चीफका सल्लाहकार इब्राहिम जब्बारीले सरकारी टिभीमा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।

इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेकोले बलजफ्ती प्रवेश गर्ने जो कोहीलाई आगो लगाएर ध्वस्त पारिदिने उनको चेतावनी छ ।

जब्बारीले अमेरिकीहरू यस क्षेत्रको तेलको तिर्खा मेट्न आएको बताउँदै इरानले यसक्षेत्रमा उनीहरुका पाइपलाइनहरूमा प्रहार गर्ने र यस क्षेत्रबाट एक थोपा तेल पनि निर्यात हुन नदिने बताए ।

स्ट्रेट अफ हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण साम्रद्रिक ढुवानी मार्ग हो । विश्वको कुल तेल र ग्यासको करिब २० प्रतिशत हिस्सा यही भागबाट ढुवानी हुँदै आएको छ ।