Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


मुग्लिङ-पोखरा सडककाे पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न


130
Shares

काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी-जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको साेही सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको हाे। पूवी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको हाे । मुग्लिङ– पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले गरिरहेको छ । सडक निर्माणमा सबै क्षेत्रको सहयोग भएका कारण निर्माणमा सहज भएको आयोजना निर्देशनालय (एडिबी) का प्रमुख चुडाराज ढकाल बताउनुभयाे । उहाँले मुग्लिङ–पोखरा सडक खण्ड नेपालकै नमूना सडक भएको बताउनुभएकाे छ ।

मुग्लिङ–पोखरा सडक खण्डको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको आयोजनाले जनाएको हाे । यस सडक खण्डमा ५६ वटा पहिलो रहेका छन् । जसमध्ये १८ वटा पहिरो विशेष प्रकारका रहेका र यिनीहरुको अध्यन भइरहेको हाे । पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीसँग २०७७ माघ १७ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो ।

मुग्लिङ–पोखरा सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको थालनी गरिएको थियो ।