Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


रौतहटमा शंकास्पद वस्तु फेला

सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गर्दै

195
Shares

काठमाडाैं । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याँकीकोभित्री सडकमा साेमबार बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई खबर गरेकाे प्रहरीले बताएकाे हाे । जिल्ला प्रहरी कार्यालय रौतहटले शंकास्पद वस्तु भेटिएको पुष्टि भएको जनाएकाे छ । घटनास्थलमा सुरक्षा घेरा कायम गरिएको छ ।

सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर वस्तुको प्रकृति र जोखिमकाे बारेमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको हाे ।

Skip This