Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


देशका ३ प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहितकाे भारी हिमपात र वर्षा हुँदै


2.8k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आइतबार बिहान कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागिरहेकाे हाे । साथै बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागिरहेकाे हाे ।

त्यस्तै, आइतबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने भएकाे छ। देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे।

कोशी- गण्डकी र बाँकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, आइतबार राति भने राई भू-भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहने महाशाखाले जनाएकाे हाे ।