Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आर्थिक भार अब सबै पालिकाले लिने


1.7k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्पूर्ण आर्थिक र व्यवस्थापकीय भार अब सबै पालिकाले बोक्ने भएका छन् ।

काठमाडौं उपत्यका मेयर्स फोरमको १३ औं बैठकले फोहोर व्यवस्थापनमा आर्थिक तथा ब्यवस्थापकीय साझेदारीकोको लागि सबै नगरपालिकाले मिले काम गर्ने निर्णय गरेका हुन् । बैठकको निर्णय अनुसार उपत्यकाको फोहोर व्यवस्थापनमा एकल रुपमा भार बोक्दै आएको काठमाडौं महानगरलाई उपत्यकाका बाँकी १७ वटै नगरपालिकाले वित्तीय र व्यवस्थापकीय साझेदारी गर्नेछन् । अहिलेसम्म बञ्चरेडाँडा ल्याण्डफिल साइटमा भइरहेको फोहोर व्यवस्थापनको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले गर्दै आएको थियो । यो परिपाटी अन्त्य गर्दै बैठकले अब उत्पादन हुने फोहोरको मात्राका आधारमा सम्बन्धित पालिकाले नै खर्च ब्यहोर्ने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फोहोरमैला ‘ट्रान्स बाउन्ड्री’ (सीमा वारपार) समस्या भएको बताउनुभयो । सोही विषयमा प्रष्ट पार्दै मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले फोहर ब्यवस्थापनको जिम्मा काठमाडौं महानगरको मात्र विषय नभएकोले सबैले सहकार्य गर्ने निर्णय गरेको बताउनुभएकाे छ। बैठकले स‌घीय सरकारले फोहोरमैला व्यवस्थापनका लागि गरेका अध्ययनहरूमध्ये अघि बढाएको जुनसुकै विकल्पलाई मेयर्स फोरमले त्यसलाई अपनत्व लिई पूर्ण सहयोग गर्ने निर्णय पनि गरेको हाे।