Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


आईसीसी टी-२० विश्वकपमा आज पनि ३ खेल हुँदै

पहिलो खेलमा इटालीले समूह ‘सी’को वेस्ट इन्डिजकाे सामना गर्दै

611
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बिहीबार ३ खेल हुने भएका छन् ।

पहिलो खेलमा सुपर आठमा प्रवेश गरिसकेको समूह ‘सी’को वेस्ट इन्डिजसँग पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीले प्रतिस्पर्धा गर्ने भएकाे हाे । वेस्ट इन्डिज र इटालीबीचकाे खेल भारतको इडेन गार्डेनमा बिहीबार बिहान सवा ११ बजेरदेखि शुरु हुने भएकाे छ। यसअघि तीन खेल खेल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरिसकेको छ। इटालीले भने दुई अंक जोडेको हाे। इटालीका लागि बिहीबारको खेल प्रतिष्ठाको लडाइँ हुने देखिएकाे छ।

त्यस्तै, दोस्रो खेलमा समूह ‘बी’बाट सुपर आठ प्रवेश गरिसकेका श्रीलंका र जिम्बाबेबीच प्रतिस्पर्धा हुने भएकाे हाे । साेही खेल बिहीबार दिउँसो सवा ३ बजेदेखि कोलम्बोमा शुरु हुने भएकाे छ। त्यसैगरी बिहीबार नै हुने तेस्रो खेलमा समूह ‘डी’का अफगानिस्तानले र क्यानडाकाे सामना गर्ने भएकाे हाे। खेल बिहीबार बेलुका सवा ७ बजेदेखि भारतको चेन्नईमा शुरु हुने भएकाे छ ।