काठमाडौं ।
न्युजिल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ मा समूह डीबाट मंगलबार सुपर एटको यात्रा तय गरेको छ । यसका लागि उसले चेन्नाईमा भएको खेलमा क्यानाडालाई ८ विकेटले पराजित गरेको हो ।
यो जितपछि न्युजिल्यान्डको ६ अंक भएको छ । दक्षिण अफ्रिकाको पनि ६ अंक रहेको छ । दक्षिण अफ्रिका पनि यसअघि नै अर्को चरण पुगिसकेको छ ।
जितका लागि १ सय ७४ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १५.१ ओभरमा २ विकेट गुमाएर १ सय ७६ रन बनाउन सफल रहेकाे छ । त्यसमा ग्लेन फिलिप्स ७६ र रचिन रविन्द्र ५९ रन बनाएर नटआउट रहेका छन् । त्यस अगाडि क्यानाडाले युवराज शर्माको १ सय १० रनको योगदानको मदतले ४ विकेटमा १ सय ७३ रन बनाएको थियो ।






प्रतिक्रिया दिनुहोस्