Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक: पूर्वमुख्य प्रशिक्षक देशाई


507
Shares

काठमाडाैं । नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याउने दृढता व्यक्त गरेका छन् ।

मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रशिक्षक देसाईले आफ्नो जन्मस्थल र नेपाली क्रिकेटप्रतिको लगावलाई जोडेर यस्तो बताएका हुन् । उनले मुम्बईलाई आफ्नो घर र वानखेडेलाई प्राकृतिक परिवेश माने पनि नेपालको समर्थनका लागि आफूसँग ठूलो र विशेष कारण रहेको बताएका छन् । नेपाली क्रिकेट टोलीको निरन्तर विश्वकप सहभागिताप्रति गौरव व्यक्त गर्दै देसाईले अब केवल प्रतिष्पर्धामा मात्र सिमित नभई जित निकाल्नुपर्ने समय आएको बताएका हुन् ।

उनले सन् २०२३ को ‘कोर ग्रुप’ ले अब नतिजा निकाल्नुपर्ने र यसले विश्वस्तरमा नेपाललाई थप पहिचान दिलाउने विश्वास व्यक्त गरेका छन्। देसाईले विश्व मञ्चमा जित हात पार्नु आगामी पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको मुख्य स्रोत बन्नेछ । उनले नेपाली प्रशंसकहरूको अटुट माया नै आफ्नो मुख्य प्रेरणा रहेको स्वीकार गरेका थिए ।

पूर्वमुख्य प्रशिक्षक देसाईले लेमैदानमा टोलीको प्रदर्शनमा कहिलेकाहीँ एकरूपता नहुनसक्ने तर मैदान बाहिर समर्थन सधैं उत्कृष्ट र स्थिर रहेको बताएका छन् ।