Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


फेवातालमा कार खसेर दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु


884
Shares

काठमाडाैं ।
पोखरामा कार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक आज बिहान विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।

घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार कार चालकले नियन्त्रण गुमाइ कार फेवातालमा खसेर दुर्घटना सिंहको कमाण्डमा कालिका गणबाट खोताखोर सहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रहरीले क्रेनको सहायताले सवारीसाधन घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय बैदाम लगेको जनाएको छ ।