काठमााडौं ।
प्रतिनिधिसभाको निर्वाचन आउन २० दिन पनि मात्रै बाँकी छ देशैभर चारवटै सुरक्षा निकाय परिचालन भैसकेका छन । फरक परिस्थितिमा हुन गैरहेकाले विगतका निर्वाचन भन्दा सुरक्षा चुनौतिपूर्ण पनि देखिएको छ ।
सबै भन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौंमा पनि सुरक्षाको रणनीति बनाउने र संयुक्त गस्ति चलिरहेको छ ।
जेन्जि आन्दोलनका क्रममा भदौ २४ गते आगो लगाएर खरानी बनाइएको जिल्ला प्रशासन कार्यालय पहिलेको भन्दा पनि व्यवस्थित र चिटिक्क परेको छ ।
सेवाग्राहीका लागि सम्पूर्ण सुविधासहित विना अवरोध सेवा लिन सकिने व्यवस्था गर्दै उठेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी निर्वाचन पनि देशको सबै भन्दा धेरै निर्वाचन क्षेत्रको सुरक्षा संयोजन गर्नु पर्ने छ । त्यसका लागि तयारी पनि गरिएको छ ।
काठमाडौंमा रहेका १० निर्वाचन क्षेत्रका लागि ७ लाख १० हजार ७ सय ८ जना मतदाता रहेका छन । उनिहरुको सुरक्षित रुपमा मतदान गर्न पाउने गरी सबै मतदान स्थल र केन्द्रहरुको अनुगमन गरेर सुरक्षा रणनीति बनाइएको छ । अन्य जिल्लाहरुको तुलनामा केही सुरक्षित मानिए पनि काठमाडौंमा पनि निर्वाचन विथोल्न सक्ने समुह रहेको सुरक्षा विष्लेषण छ ।
बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट देखि भित्र विमानस्थल परिसर क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति जम्मा भएर धर्ना, जुलुस लगायतका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ भने सामाजिक सञ्जाल मार्फत घृणा र गलत सूचना फैल्याउने माथि कारवाही हुने चेतावनी पनि दिइएको छ । तिन वटै सुरक्षा निकायले संयुक्त गस्ति मार्फत शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याइएको प्रमुख जिल्ला अधिकारीले दाबी गर्नुभएको छ ।






प्रतिक्रिया दिनुहोस्