
फाइल तस्बिर
काठमाडौं । काठमाडौंको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ ।
काठमाडौं बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो । आईक्यू एयरको तथ्यांकले काठमाडौंमा बिहीबार बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको जनाएकाे छ । हाल यहाँ हावाको एक्यूआई १ सय ८८ रहेको छ । यहाँको हावामा पीएम २ दशमलव ५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१ दशमलव ७ गुणा बढी रहेको हाे ।
विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौंपछि पाँचौं स्थानमा रहेको आईक्यू एयरले जनाएकाे हाे ।






प्रतिक्रिया दिनुहोस्