Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


जेनजी सुशासन योद्धा परिवारद्वारा शहीदको सम्झनामा क्षमायाचना पूजा


91
Shares

काठमाडाैं । जेनजी सुशासन योद्धा परिवारले शहीदहरूको सम्झनामा भावपूर्ण क्षमायाचना पूजा गरेको छ ।

योद्धा परिवारले बिहीबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि क्षमा याचना पूजा गरेको हो । जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको आत्मशान्तिको लागि यो पूजा एवं होम लगाइएको थियो । शहीद परिवारका सदस्यहरू, योद्धा परिवारका प्रतिनिधि तथा समर्थकहरूको उपस्थितिमा यो धार्मिक एवं भावनात्मक कार्यक्रम गरिएको हो । जेनजी सुशासन योद्धा भनेर सरकारले पहिचान गरेका ४५ जना प्रदर्शनकारीहरूलाई शहीद घोषणा गरेको थियो ।

शहीदहरूको बलिदानलाई सम्मान गर्दै परिवारले यस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको छ । कार्यक्रममा सहभागीहरूले शहीदहरूको योगदानलाई स्मरण गर्दै सुशासनको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो पूजा एवं सत्याग्रहले सहिदहरूको आत्मालाई शान्ति प्रदान गर्ने साथै समाजमा सुशासनको सन्देश फैलाउने उद्देश्य राखेको आयोजकले जनाएकाेले जनाएकाे छ।

जेनजी सुशासन योद्धा परिवारले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने बताएको छ ।