Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


रास्वपाका सभापति रवि र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी जाँदै


2.8k
Shares

काठमाडाैं ।

आगामी फागुन ६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी जाँदैछन् ।

धनगढी उपमहानगरपालिका–स्थित पशुपति टोल (महोत्सव स्थल) मा सभापति लामिछाने र वरिष्ठ शाहले जनसम्बोधन गर्ने जान लागेका छन् ।

उक्त कार्यक्रममा पार्टीका नीति, कार्यक्रम तथा समसामयिक राजनीतिक विषयमा धारणा राखिने जनाइएको छ। आयोजकले कार्यक्रम सफल बनाउन सम्बन्धित सबैलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।