Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


उजय शाक्यको नयाँ पुस्तक ‘ब्रान्डसूत्र २.०’ बजारमा


143
Shares

काठमाडौं । मार्केटिङ र ब्रान्ड निर्माणसम्बन्धी नयाँ पुस्तक ‘ब्रान्डसूत्र २.०’ (Brandsutra 2.0) सार्वजनिक भएको छ। पुस्तकले नेपाल र दक्षिण एसियाका बजारहरूको वास्तविक अनुभवमा आधारित व्यवहारिक दृष्टिकोण प्रस्तुत गरेको छ।

पुस्तकका लेखक उजय शाक्य आउटरिच नेपालका संस्थापक तथा अनुभवी ब्रान्ड मार्केटिङ प्रोफेसनल हुन्।

उनको लामो अनुभवका आधारमा पुस्तकले ब्रान्ड कसरी विकास हुन्छ, कसरी सान्दर्भिक रहन्छ र कहिले–काहीँ किन असफल हुन्छ भन्ने विषयलाई स्पष्ट रूपमा प्रस्तुत गरेका छन् । शाक्यले छोटो बाटोभन्दा दीर्घकालीन सोच, सांस्कृतिक सन्दर्भ र जिम्मेवार ब्रान्ड निर्माणमा जोड दिएका छन्। पुस्तकले ‘ब्रान्ड संरक्षण’को अवधारणालाई पनि अघि सारेको छ।

पुस्तकका सम्पादक प्रो. उज्ज्वल के. चौधरी हुन्, जो दक्षिण एसियामा शिक्षा र सञ्चार क्षेत्रका अनुभवी नेतृत्वकर्ता मानिन्छन्। ‘ब्रान्डसूत्र २.०’ (Brandsutra 2.0) युवा मार्केटिङ प्रोफेसनल, व्यवसायी, विद्यार्थी, उद्यमी तथा ब्रान्ड लिडरहरूका लागि उपयोगी रहेको बताइएको छ। पुस्तकले रणनीतिभन्दा अघि सही दृष्टिकोण निर्माणमा जोड दिँदै पोजिसनिङ, सान्दर्भिकता, विश्वास, सिर्जनशीलता र दीर्घकालीन ब्रान्ड संरक्षणबारे स्पष्ट सोच विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।