Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिका विजयी

क्यानाडा भने ५७ रनकाे फराकिलाे अन्तरले पराजित

429
Shares

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले क्यानाडालाई पराजित गर्दै विजयी शुरूवात गरेको छ ।

साेमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले क्यानाडालाई ५७ रनले फराकिराे अन्तरले पराजित गरेकाे हाे । दक्षिण अफ्रिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको क्यानाडा निर्धारित २० ओभरमा एक सय ५६ रनमा अलआउट भयो । क्यानाडाका नवनीत धालिवालले ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

त्यसअघि अहमदावादमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान एडेन माक्र्रमले ५९ रन बनाएका हुन् । मंगलबार भएका अन्य खेलमा जिम्बावेले ओमानलाई ८ विकेटले र स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेका थिए ।

Skip This