Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने सरकारको निर्णय


169
Shares

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने भएको छ । 

सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकले सो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले सो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरिएको बताउनु भयो । संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्षको आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने हुन्छ ।

गृहमन्त्री अर्यालले भन्नुभयो,‘राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश स्विकृत गर्ने । नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गर्ने निर्णय भयो ।’
त्यसैगरी बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश पनि स्विकृत गरेको छ । 

Skip This