Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


टी-२० विश्वकप क्रिकेटमा श्रीलंकाको विजयी, आयरल्याण्ड भने पराजित

टी-२० विश्वकप अन्तर्गत आज ३ खेल हुँदै, पहिलाे खेलमा इटली र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुने

689
Shares

काठमाडाैं । टी-२० विश्वकप क्रिकेटमा श्रीलंकाले विजयी शुरूवात गरेको छ ।

कोलम्बोमा आइतबार भएको समूह ‘बी’ को खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो । जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा १९ ओभर ५ बलमा १ सय ४३ रन मात्र बनाएकाे थियाे । आयरल्यान्डका लागि रस अडिरलले ३४ रन बनाए भने ह्यारी टेक्टरले २३ बलमा ३४ रनको योगदान दिएका थिए ।

तर अन्य ब्याटरहरू टिक्न नसक्दा टोली लक्ष्यसम्म पुग्न असफल रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । श्रीलंकाको इनिङ्समा कुशल मेन्डिसले ४३ बलमा ५६ रनको संयमित तर प्रभावशाली इनिङ्स खेलेका थिए। उनले पाँच चौका प्रहार गर्दै नटआउट रहेका हुन्।

त्यस्तै, कमिन्दु मेन्डिसले आक्रामक ब्याटिङ गर्दै मात्र १९ बलमा ४४ रन जोडेका थिए । उनको इनिङ्समा चार चौका र दुई छक्का समावेश थिए । आयरल्यान्डका बलरमध्ये बेरी म्याकार्टी र जर्ज डकरेलले समान दुई–दुई विकेट लिन सफल भए ।

त्यस्तै, विश्वकपमा साेमबार ३ वटा खेल हुने भएका छन् । पहिलो खेल इर्डन गार्डेन मैदानमा साेमबार बिहान सवा ११ बजे इटली र स्कटल्याण्डबीच हुने भएकाे छ । दोस्रो खेल साेमबार दिउँसो सवा ३ बजेदेखि कोलम्बोमा ओमान र जिम्बाव्वेबीच हुने भएकाे हाे । साेमबारको तेस्रो खेल राति सवा ७ बजेदेखि क्यानाडा र साउथ अफ्रिकाबीच अहमदावादमा हुने भएकाे छ ।